प्रदेश 2

थारु समुदायले आफ्नो अधिकारका लागि सङ्घर्ष गर्नुको विकल्प छैनः मुख्यमन्त्री राउत

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सदियौँदेखि विभेदमा परेको थारु समुदायलाई अधिकारप्राप्तिका लागि सङ्घर्ष गर्नुको विकल्प नरहेको बताएका छन् । थारु आयोगले आज जनकपुरमा आयोजना गरेको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उनले मुलुक सङ्घीय गणतन्त्रमा गए पनि कार्यान्वयन पक्ष इमान्दार नभएकाले सङ्घर्ष अपरिहार्य रहेको उल्लेख गरे ।

सङ्घर्ष नगरेसम्म कुनै समुदायले अधिकार प्राप्त गर्न नसकेको इतिहास रहेको जिकिर गर्दै मुख्यमन्त्री राउतले आफ्नो भविष्य परिवर्तनका लागि थारुमा लड्ने साहस जुटाउन आग्रह गरे । उनले आयोग गठनमा समेत विभेद भएको उल्लेख गर्दै महिला आयोग र दलित आयोग जतिको अधिकार थारु, मधेशी र मुश्लिम जस्ता आयोगलाई नदिइएको बताए ।

आयोग गठन हुँदैमा थारु समुदायको भविष्य परिवर्तन नहुने भन्दै उनले आयोगलाई बल पु¥याउनसमेत थारु समुदायलाई सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । मुख्यमन्त्री राउतले प्रदेश नं २ सरकारले सबै जातजातिलाई समान दृष्टिले हेर्ने प्रयत्न गरिरहेकाले सबै निकायमा जनसङ्ख्याका आधारमा प्रतिनिधित्वको सुनिश्चितता गरिरहेको बताए ।