आर्थिक

सांग्रिला डेभलपमेन्ट बैंकको “बचत पनि विमा पनि” बचत खाता योजना

कठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आई रहेको छ । ग्राहकको सुविधाहरुलाई मध्येनजर गर्दै अझ बढी लाभान्वित तुल्याउनको लागि “बचत पनि विमा पनि” नयाँ बचत खाता संचालनमा ल्याएको छ । यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् ।

जस अन्तर्गत ती खाताहरु खोल्ने ग्राहकलाई जम्मा १६ लाख सम्मको विमाको व्यवस्था गरिएको छ जुन खाताको प्रकृति हेरी दुर्घटना विमा, औषधि उपचार विमा तथा घाटक रोगको उपचार वीमा सम्बन्धी सुविधाहरु रहेका छन् । जुन खाता खोल्दा ग्राहकले मासिक ७∞ ब्याज प्राप्त गर्न सक्नेछन् भने न्यूनतम मौज्दात ५ हजार , १५ हजार तथा २५ हजार रहेका छन् ।

यो खाता खोल्ने ग्राहकले लकर सुविधामा विषेश छुट, निशुल्क ABBS तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा १ वर्षको लागि निशुल्क सुविधा प्राप्त गर्न सक्नेछन् । यसरी सांग्रिला डेभलपमेन्ट बैंकले बैकिङ्ग सम्बन्धी विभिन्न सुविधाहरु अन्तर्गत ग्राहकहरुको सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहकलाई यो नयां बचत खाता योजनाको थालनी गरेको प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।