खेलकुद

उप – निर्देशक राणा एथलेटिक्स प्रशिक्षणका लागि भुटान जादै

काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका उप – निर्देशक तथा एथलेटिक्स प्रशिक्षक सुशिल नरसिंह राणा भुटान जाने भएका छन् ।  भुटान एम्योच्योर एथलेटिक्स संघको निमन्त्रणामा भुटानका प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गर्न राणा भुटान जान लागेका हुन् ।

अन्तराष्ट्रिय एम्योच्योर एथलेटिक्स महासंघका (आईएएएफ) लेभल टु लेक्चरर राणाले भुटानका एथलेटिक्स प्रशिक्षकहरुलाई जेष्ठ २९ देखि आषाढ ५ गते सम्म छोटो तथा लामो दूरीका बारेमा बिविध प्रशिक्षण प्रदान गर्नेछन् ।

आईएएएफको लेभल टु प्रशिक्षक प्रशिक्षण (लेक्चरर) कोर्ष उत्तीर्ण गरेका राणाले यस अघि पनि उत्तरकोरिया लगायत विभिन्न राष्ट्रमा आईएएएफले संचालन गरेको प्रशिक्षक प्रशिक्षणमा प्रशिक्षण प्रदान गरिसकेका छन् ।  राणा मंगलबार त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।