समाचार

समावेशी कोटा हटाएर प्रकाशित गरेको आयोगको विज्ञापन रद्ध गर्न समितिको निर्देशन

काठमाण्डौ । लोकसेवा आयोगले यही जेठ १५ गते प्रकाशन गरेको लोकसेवा आयोगको विज्ञापनलाई रद्ध गर्न संसदीय मितिले निर्देशन दिएको छ । संसदीय समिति अन्तर्गतको राज्यव्यवस्था समितिले समानुपातिक समावेशी सिद्धान्तका आधारमा उक्त विज्ञापन नभएको भन्दै रद्ध गर्दै तत्कालका आगि कर्मचारी आवश्यक परे करारमा लिएर भर्ना गर्न र कर्मचारी चाहिए संबिधानको धारा ४२, २२१, २२६, २२७ अनुसारका अधिकारहरुलाई ख्याल गरेर कर्मचारी पदपूर्ति गर्न भनेको छ।

केहीदिनदेखी आएको बिबादलाई साम्य पार्न बसेका यसअघिका बैठकमा सामान्य प्रशासन मन्त्री लालबाबू पण्डित अनुपस्थित भएपछि बैठकले निष्कर्ष लिन नसकेको भएपछि आज समितिको कार्यालय सिंहदरबारमा बसेको उक्त बैठकले मन्त्रीसँग आवश्यक छलफल गरी रद्ध गर्नें निर्देशन दिएको हो । संबिधानको धारा १९३ अनुसार समितिले निर्देशन दिएको हो ।