मनोरञ्जन

चर्चीत गायक भुवन प्यासीले ल्याए मेलिना राईसँगैको आवाजमा नयाँ गीत “हे बरै’को भिडियो सार्वजनिक

काठमाडौँ । चर्चीत गायक भुवन प्यासीको फरक शैलीको गीत “हे बरै’को भिडियो सार्वजनिक भएको छ । विशेष गरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक प्यासीले लोक, आधुनिक र र्‍याप मिसाउदै “हे बरै ” को गीत बजारमा लिएर आएका हुन्।

गीतमा शब्द तथा संगीत प्यासीको नै रहेको छ। उनलाई गीतमा गायिका मेलिना राईको साथ दिएकी छिन् । मिस्टर आरजेले गीतमा र्याप दिएका हुन् भने पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन् । ललिपुरको गोदाबरी गार्डेन परिसरमा छायांकन गरिएको यस गीतमा गम्भीर विष्ट र जेविका कार्कीलाई फिचरिंग गरिएको छ । गायक प्यासीको पनि गीतमा अभिनय रहेको छ ।

गीतको भिडियोलाई अहिलेका चर्चित तथा व्यस्त निर्देशक शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।अर्जुन तिवारीले छायाकंन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । केहि समय अघि ‘माईली’ गीत लिएर आएका गायक भुवन प्यासीको ‘हल्का हल्का’ ,ट्राफिक जाम’ जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।