राजनीति

सबै कम्युनिष्ट मिलेपनि काङ्ग्रेस जनताको पार्टी हो, एक्लै चुनाव जित्छः गगन थापा

अछाम । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिष्टहरुले काङ्ग्रेससँग डराएर पार्टी एकता गरेको बताएका छन् ।

जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेता थापाले काङ्ग्रेस बलियो पार्टी भएका कारण मात्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्र डराएर एकता गरेको बताए, नेता थापाले सबै कम्युनिष्ट पाटीए मिलेपनि वैचारिक रुपमा काँग्रेसलाई फरक नपर्ने दाबी गरेका छन्। काङ्ग्रेस जनताको पार्टी भएकाले अब जनताले काँग्रेसलाई नै साथ दिने नेता थापाको भनाइ थियो । उनले नेता तथा कार्यकर्तालाई नआत्तिन आग्रह गरे । वर्तमान अवस्थामा दुई पार्टी मिलेर पनि देशमा केही गर्न नसकेको नेता थापाको आरोप थियो । उनले वर्तमान सरकारले ल्याएका कार्यक्रम जनमैत्री नभएको उल्लेख गरे । युवालाई विदेशिनबाट रोक्न ठूला उद्योग र कलकारखाना सञ्चालनमा उनले जोड दिए।