समाचार

उच्च नेतृत्वको दबाबः मेयर द्वारिकलालले ‘नाक भाच्न एक करोड छुट्याएको छु’ भन्ने पत्रकारसँग मागे माफी

इटहरी । नेकपा प्रदेश नम्बर १ कमिटि सदस्य तथा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दिएको धम्की आफूले आवेगमा बोलेको भन्दै क्षमायाचना गरेका छन् । मेयर चौधरीले एकपछि अर्को गर्दै दिनदिनै दिएका पत्रकारहरुसँगका अन्तरवार्तामा पत्रकारहरुलाई दिएको धम्की परिस्थितिबस भएको र उक्त धम्कीले प्रेशजगतलाई पर्न गएको चोटप्रति आफूलाई दुःख लागेको बताएका छन् ।

मेयर चौधरीले गलत बोलेको भन्दै नेकपाका युवा नेता योगेश भट्टराई, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतले माफि माग्नुपर्ने सार्बजनिक रुपमा बताएका भएपनि मेयर चौधरीले आफूलाई पार्टीले कारबाही गर्न समेत नसक्ने चुनौती सञ्चारमाद्यममार्फत दिएका थिए । मेयर चौधरीले नेकपाले कारबाही गरेपनि आफूलाई मेयरबाट हटाउन नसक्ने धम्की पार्टीलाई दिदै आफ्ना नेताहरुलाई समेत धम्की दिईरहेका थिए । मेयर चौधरीले चर्चित पत्रकार रवि लामिछानेलाई समेत धम्की दिएका थिए ।

इटहरीमा मात्र नभएर देशभरका मिडियाकर्मीले पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको भन्ने सार्बजनिक रुपमा दिएको अभिब्यक्तीको आलोचना भएको थियो । मेयर चौधरीका कारण प्रधानमन्त्री, सरकार लगायत नेकपाको समेत सर्बत्र बदनाम हुने ठहर पार्टीले गरेपछि मेयर चौधरीलाई सम्झाएर माफि माग्न लगायने र मानेनन् भने पार्टीको साधारण सदस्यबाट कारबाही गर्ने तयारी भएर मेयर चौधरीसँग नेकपा उच्च नेतृत्वले छलफल गरेपछि मेयर चौधरीले राजिनामा दिएको बताईएको छ । मेयर चौधरीले आज नै यसरी सार्बजनिक रुपमा विज्ञप्ती निकाल्दै पत्रकारसँग माफि मागेका छन्ः