आर्थिक

सिभिल बैंकको शाखा अब ढल्केबरमा

काठमाडौँ । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले धनुषा जिल्लाको ढल्केबरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिथिला नगरपालिकाका मेयर हरि नारायण महतोले गरे ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा मिथिला नगरपालिकाका मेयर हरि नारायण महतो,सिभिल बैंक प्रदेश नं २ काप्रदेश प्रमुख दिपककुमार श्रेष्ठ लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिथिला नगरपालिकाका मेयर हरि नारायण महतोले ढल्केबरको बढ्दो आर्थिक गतिबिधि संगै सिभिल बैंकले पनि आफ्नो शाखा उक्त क्षेत्रमा बिस्तार गरेकोमा खुशी व्यक्त गरे ।

सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी प्रविधि केन्द्रित सेवा लगायत अन्य सन्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा सिभिल बैंकका प्रदेशनं २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठले बताएका छन् ।  सिभिल बैंकको यसढल्केबर शाखासहित बैंकको कुल शाखा संख्या ७६ पुगेकोे पनि बैंकले जनाएको छ ।