विचित्र संसार

महात्मा गान्धी दुःखमा पनि कसरी धैर्यपूर्वक काममा जुटिरहन्थे त ?

काठमाडौँ । त्यतिखेर महात्मा गान्धी दक्षिण अफ्रिकामा थिए । आफ्नो आन्दोलनका कारण उनले धेरैजसो ब्रिटिस सरकारको दमनको सिकार हुनुपथ्र्यो । तैपनि, उनी धैर्यपूर्वक काममा जुटिरहन्थे । दक्षिण अफ्रिकाका तानासाह जनरल स्मटस गान्धीप्रति निकै अनुदार थिए । उनी जसरी भए पनि गान्धीको मनोबल टुटाएर आन्दोलन बन्द गराउन चाहन्थे ।

त्यसैले उनी सानो निहुँ पाउनासाथ गान्धीलाई जेल पठाइहाल्थे । जेलको कठोर वातावरणबाट आत्तिएर गान्धीले आन्दोलन रोक्ने उनको अनुमान थियो । तर, गान्धी भने जेलबाहिर जे–जसरी बस्थे, भित्र पनि त्यस्तै निर्विकार भावमा रहन्थे ।

एकपटक जेल गएको समयमा गान्धीले कसैबाट जुत्ता सिलाउन सिके । जब गान्धी जेलबाट छुटे उनी सिधै जनरल स्मटसलाई भेट्न गए । भेटघाटका क्रममा गान्धीले एउटा प्याकेट उनलाई हस्तान्तरण गरे । जनरल स्टमसले गान्धीलाई सोधे– कतै यसमा कुनै बम त छैन ? गान्धीले मुसुक्क मुस्कुराउँदै भने- यो मेरो आफ्नै हातले तयार गरेको हुँ । र, यो मेरा तर्फबाट तपाईंलाई बिदाइ उपहार हो । जनरल स्टमसले प्याकेट खोले । त्यसमा एकजोर सुन्दर चप्पल थिए । गान्धीले आफैँले तयार गरेको चप्पल देख्दा उनी छक्क परे ।

वर्षौंपछि गान्धीको जन्मदिनमा स्टमसले एउटा पत्र पठाए । जसमा लेखिएको थियो– तपाईंले आफ्नै हातले तयार गरेर उपहार दिएको चप्पल म अझै पनि गर्मीको समयमा लगाउँछु । तर, कुनै पनि कोणबाट आफूलाई सो चप्पल लगाउन योग्य पात्र भने ठान्न सकेको छैन ।