मनोरञ्जन

चलचित्र कलाकार सङ्घको अध्यक्षमा खड्का विजयी

काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा उनले २१८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनी सँगै प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरेकी थिईन् । यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका छन् । कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । सङ्घको १७औँ साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।