राजनीति

जनताको अभिमतको कदर ओली सरकारले गरेनः नेता भण्डारी

बागलुङ । यसैगरी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले सरकारले जनाताको अभिमतको कदर गर्न नसकेको बताएका छन् ।

नेपाली काङ्ग्रेसले सञ्चालन गरेको एक महिने राष्ट्रिय जागरण अभियानको बागलुङमा शनिबार समापन गर्दै इतिहासमै बढी जनमत प्राप्त गरेको सरकारले मतको सदुपयोग गर्न नसकेको आरोप लगाए। पूर्व वनमन्त्रीसमेत रहेका भण्डारीले सरकारको गतिविधिको कारण लोकतन्त्र खतरामा परेको जिकिर गरे ।

नेपालमा समृद्धि आउन नदिने शक्तिबाट सरकार परिचालित भएको उनले दाबी गे । जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिको रूपमा एक महीनाका लागि बागलुङ आउनुभएका भण्डारीले जिल्लामा घुम्दा बागलुङ जिल्ला कृषि, पर्यटन, जलविद्युत्को प्रशस्तै सम्भावन रहेकाले त्यसको सदुपयोग गर्न सके स्थानीयस्तरमै रोजगारी सिर्जना हुने विचार व्यक्त गरे ।

काँग्रेसले वैशाख २५ गते देशभरि एकसाथ शुरु भएको जागरण अभियान शनिबार सरकारविरुद्ध प्रदर्शन गर्दै समापन भएको छ । पहिलो चरणको एक महीने जागरण अभियानका क्रममा जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर टोलस्तरसम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख सङ्कलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवारसँग भेटघाट र सुझाव सङ्कलन गरेको छ ।