समाचार

कार्यबाहक प्रधानमन्त्रीमा पोखरेल

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा गएकाले उनले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेका छन् ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहमा सहभागिता तथा संयुक्त अधिराज्य र गणतन्त्र फ्रान्सको भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपालको संविधानअनुसार प्रधानमन्त्री ओलीको सिफारिशमा उनलाई सो जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले विज्ञप्तिमा जनाएका छन् ।