लुम्बिनी

संविधानविद् डा.आचार्यलाई मातृशोक

दाङ । संविधानविद् डा. भीमार्जुन आचार्यलाई मातृशोक परेको छ । उहाँका ७० वर्षीया आमा देवकी आचार्यको आज निधन भएको हो ।

फोक्सोको क्यान्सरका कारण सात महीनादेखि बिरामी अवस्थामा रहनुभएकी देवकीको उपचारका क्रममा आज निधन भएको अधिवक्ता तथा उहाँका नाति विपीन सुवेदीले जानकारी दिए
दाङको घोराही उपमहानगरपालिका वडा १० का स्थायी बासिन्दा आचार्यको आज हिन्दु परम्पराअनुसार अन्त्यष्टि गरिएको छ । उहाँका श्रीमान्, एक छोरी र चार छोरा हुनुहुन्छ ।