खेलकुद

पुलिसलाई आर्मीको १२६ रनको लक्ष्य

काठमाडौँ । प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोतामा त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरी क्लबलाई जितको लागि १२६ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको आर्मी ३३ दशमल तीन ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए ।

चालीस बल प्रहार गरेका उनले दुई छक्का र तीन चौकाको मद्दतमा ३५ रन बनाएका हुन् । त्यस्तै राजु रिजालले ३२, भीम सार्कीले २० तथा रोहित पौडेलले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । आर्मीलाई सहजै समेट्ने क्रममा पुलिसका ललित राजवंशी र पवन शर्राफले समान चार/चार विकेट लिए भने सागर ढकालले एक विकेट हात पारे ।

राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’ को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालीको सहकार्यमा भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।