समाचार

धनराज भन्छन्: माओबादी एमालेमा बिलय भएपछि कार्यकर्ताको विचल्ली, काँग्रेसमा स्वागत्

रुकुम । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सुनौलो सपना देखाएर बन्दुक समाउन लगाउने माओवादीका कतिपय नेताहरु ३ करोडको गाडीमा सवार गर्छन् तर बन्दुक समाएर युद्ध लड्ने कतिपय लडाकुहरु ३०० रुपैयाँको औषधी किन्न नसक्ने अबस्थामा भएको बताएका छन् ।

नेता गुरुङले दुईतिहाई मतको केपी ओली नेतृत्वको सरकारमा भ्रष्टाचार, महंगी, हत्याहिह्सा बढेको भन्दै जनयुद्ध लडेर देशको मुहार फेरौंला भन्ने माओबादी कार्यकर्ताको नेतृत्वले बेहाल पारेको विश्लेषण गरेका छन् ।

कार्यकर्ताह ३ सयको ओषधी किन्ने पैसा नहुँदा चिन्ता नलागेपनि आफ्नै नेता ३ करोडको गाडीमा राजधानी काठमाण्डौमा सरर गर्दा चिन्ता लागेको आफूलाई बताउने गरेको दावी गरेका छन्। नेता गुरुङले रुकुमको एक कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘सुनौलो सपना देखाएर बन्दुक समाउन लगाउने माओवादीका कतिपय नेताहरु ३ करोडको गाडीमा सवार गर्छन् तर बन्दुक समाएर युद्ध लड्ने कतिपय लडाकुहरु ३०० रुपैयाँको औषधी किन्न नसक्ने अबस्थामा छन्। माओवादी एमालेमा विलय भएर माओवाद पनि रहेन र नेताको साथ पनि रहेन।’