राजनीति

तरुण दल धादिङ उपाध्यक्ष राधे भण्डारीलाई बिनाशर्त नछाडे देशब्यापी आन्दोलन गर्छौंः अध्यक्ष बस्नेत

काठमाण्डौ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ बस्नेतले धादिङ जिल्ला उपाध्यक्ष राधाकृष्ण भण्डारीलाई प्रहरीले सामान्य बिबाद भएको निहुँमा थुनेर गलत गरेको बताएका छन् । आज बिहान नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बस्नेतले जनक मगरलाई उनले राधा भण्डारीलाई नदेखेको बताईरहेका बेला धादिङ्ग प्रहरी नेतृत्वको मिलेमतोमा झुटा मुद्धा लगाएर फसाउन खोजिएको आरोप लगाएका छन् ।

अध्यक्ष बस्नेतले पत्रकार सम्मेलनमा बोल्दै नेकपा नेतृत्वको केपी ओली सरकारकाने निर्देशनमा फरक विचार राख्नेलाई फसाउने प्रचलन कायम रहे आफूहरु उक्त मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्न समेत पछि नपर्ने बताएका छन् । अध्यक्ष बस्नेतले उक्त कार्यक्रममा बोल्दै सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङबिरुद्धमा पनि प्रहरीले षढ्यन्त्र गरेको भन्दै देशभर नै लोकतन्त्र पक्षधर र काँग्रेस एवं तरुण कार्यकर्ताहरु बिरुद्ध ओली सरकार खनिन लागेको प्रष्ट देखिएको बताएका छन् ।

अध्यक्ष बस्नेतले बिभिन्न बाहनामा तरुण दलका जिल्ला नेता भण्डारीलाई फसाएर फरक विचार राख्नेलाई मुद्धा लगाउने पञ्चायतकालीन भन्दापनि कठोर कदम चाले तरुण दलले देशब्यापी आन्दोलन समेत गर्न तयार हुने चेतावनी समेत ओली सरकारलाई दिएका छन् ।