मनोरञ्जन

चर्चित गायक सुरेनको आवाजमा कविता नेपालीको अभिनय ‘पिरती लरी लै’ बोलको गीत (भिडियो सहित)

काठमाडौं । उदियमान गायक सुरेन गौतमले ‘पिरती लरी लै’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीत विष्णु हरि तिमिल्सिनाको शब्द तथा सुरेन गौतम र विक्रम थापाले संयुक्तरुपमा कम्पोज गरेका हुन् । गीतमा संगितकार दिनेश श्रेष्ठले कर्णप्रिय संगीत भरेका छन् । संजय गौतमले निर्देशन गरेको यस म्युजिक भिडियोलाई उत्सव दाहालले छायाकंन गरेका हुन् ।

टेकेन्द्र शाहले सम्पादन गरेका म्युजिक भिडियोमा बुगी–उगी विजेता कविता नेपाली र अर्जुन गौतमको अभिनय रहेको छ । गायक गौतमले यसअघि प्रनभ नामक सांगीतिक एल्बम बजारमा ल्याएका थिए । हाल सार्वजनिक गरिएको गीत उनको दोश्रो एल्बम ‘शुभ जीवन’मा समावेश छ । ‘गीत र म्युजिक भिडियो दुवै अत्यन्त आकर्षक बनेको छ र दर्शक श्रोता हरुको मन जित्नेमा दुइमत छैन’, गायक गौतमले भने । नयाँ भएपनि निर्देशक संजय गौतमले यस भिडियोमा मार्फत आफ्नो निर्देशकीय क्षमता प्रदर्शन गरेका छन् ।