राजनीति

कम्युनिष्ट कार्यकर्ताले आफ्नो आचरण सुधार गर्नु पर्छः नेता खनाल

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीका कार्यकर्ताले आफ्नो आचरण सुधार गर्नुपर्ने बताएका छन् ।

पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटपछि पूर्वप्रधानमन्त्री खनालले एकता प्रक्रिया जारी रहेकाले सबै इमान्दार भएर पार्टीको काममा लाग्नुपर्ने बताए । उनले सिद्धान्त, क्रान्ति, पार्टी, जनता र आफैप्रति विश्वास गर्न कार्यकर्तालाई निर्देशन दिए। पूर्वप्रधानमन्त्री खनाललाई आजै जिल्ला समन्वय समिति र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वागत गरेको थियो ।

उनले खोटाङको पार्टी कार्यालय पुष्पलाल स्मृति भवनको अवलोकनसमेत गरे । वरिष्ठ नेता खनाल राजनीतिक भेटघाट तथा जिल्लाको पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणका लागि यहाँ आएका हुन् । उनले हिन्दू, बौद्ध तथा किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीको अवलोकन भ्रमण गरेका छन् ।