सामाजिक सञ्जाल

सामाजिक सञ्जालको प्रतिकृयाः राजसँस्थालाई तत्लो स्तरको गाली गर्ने खड्गप्रसादले राजिनामा दिनुपर्छ

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भक्तपुरको एक कार्यक्रममा अझैपनि राजा चाहनेहरु नेपालमा देख्दा हाँसो उठ्ने लगायतका तल्लो स्तरका भनाईहरुप्रति जनस्तरमा बिरोध शुरु भएको छ । नेकपा अधयक्ष समेत रहेका प्रधानमन्त्री ओलीले लोकतान्त्रीक गणतन्त्र सस्थागत भईसकेकाबेला राजाबादीस् नाराहरु घन्किनु ठीक नभएको अभिब्यक्ती दिएपछि सामासजिक संजाल फेसबुकमा शिव प्रकाशले विरोध जनाएका छन् । शिवप्रकाश फेसबिुकमा लेख्छन्ः,

‘अझै राजतन्त्र चाहने मूर्खहरु पनि छन् ।’ यही स्तरको हुन्छ देशको प्रधानमन्त्रीको बोली ?
प्रधानमन्त्री केपी ओलीज्यू, बोलीले व्यक्तिको स्तर मापन गर्छ । फरक विचारलाई होच्याएर यति निचो शब्दमा बोल्नु भनेको तपाइँले आफ्नो स्तर त्योभन्दा झन् धेरै निचो देखाउनु हो । यो म ग्यारेन्टीका साथ लेख्दै छु ।

तापइँले के बुझ्न जरुरी छ भने राजा भनेको एक थान खड्गप्रसाद ओली जस्तो टपरटुइँया उखाने व्यक्तिमात्र हैन, राजा भनेको विचार पनि हो । मान्नु नमान्नु, फरक विचार राख्नु आफ्नो विचार हो । यद्यपि म राजावादी होइन तर विचारको सम्मान गर्छु ।

केपी ओलीज्यू, एउटा विचारलाई मूर्खताको संज्ञा दिने तपाइँजस्तालाई के भन्ने– महामूर्ख कि पटमूर्ख ?
राष्ट्रको अविभावकको रुपमा रहनु पर्ने प्रधानमन्त्री यति तल्लो स्तरमा गिर्छ भने ऊ प्रधानन्त्रीको लागि पूर्णरुपेण अयोग्य छ । उसले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार पनि पूर्णरुपेण गुमाइसकेको छ । चुनाव जित्दैमा एउटा घटिया मान्छे देशको प्रधानमन्त्री बन्न योग्य हुदैन !

राज्यले हरेक नागरिक, समाज र विचारलाई समान दृष्टि, सम्मान र आदर गर्नु पर्छ । ओलीज्यू, देशको प्रधानमन्त्री भएर संतुलन, संमयमता र सम्मानपूर्वक बोल्न सिक्नुस् । आफ्नो वस्त्र आफैं उधिनेर ननांगिनुस् । मानसिक असन्तुलन हो भने उपचार गराउनुस् । धन्यवाद !