राजनीति

सरकारले सार्बजनिक जग्गा कब्जा गर्दै नेकपाका साँसदलाई बाँढ्दैछ, काँग्रेसले फिर्ता गर्छः सभापति देउवा

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा अध्यक्ष केपी शर्मा ओली नतृत्वको सरकारले गुठी तथा सार्बजनिक जग्गा कब्जा गरी आफ्ना नेता कार्यकर्तालाई बाँड्ने काममा लागेको बताएका छन् ।

काँग्रेसको जागरण अभियान अन्तर्गत ललितपुरको पाटनमा आयोजित कार्यक्रममा बोल्दै मिडिया काउनशील काउन्शील पास गरेर मिडियालाई नियन्त्रण गर्दै लोकतन्त्र नै समाप्त पार्ने खेलमा दुईतिहाई मतको कम्युनिष्ट सरकार लागेको दाबी गरेका छन् । हजारौंको मासमा उत्शाहीत भएर बोल्दै पुर्ब प्रधानमन्त्री समेत रहेका देउवाले मिडिया काउन्शील बिधेयक फिर्ता नलिए संसद अबरुद्ध गर्न मात्र नभएर देशब्यापी बन्द गर्न समेत काँग्रेस बाध्य हुने दाबी समेत गरेका छन् ।

कार्यक्रममा सरकारका दैनिक गतिबिधिहरु लोकतन्त्र बिरोधी भएको बताउँदै काँग्रेसले कुनैपनि हालतमा लोकतन्त्र, मानव अधिकार र प्रेश स्वतन्त्रताका सवालमा सरकार बिरुद्ध कठोर कदम चाल्दै स्थापीत गराउने दृढता ब्यक्त गरे ।