राजनीति

हावाहुरीबाट भएको जनधनको क्षतीमा काँग्रेस दलद्वारा दुःख व्यक्त

काठमाण्डौ । जेष्ठ २३ गते बिहिबार राती कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानहरुमा आएको विनासकारी हावाहुरीको कारणले भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गरेको छ ।

यस प्राकृतिक विपदमा परी घाइते भएकाहरुलाई तत्काल उद्दार गरी उपचार तथा राहत कार्यको व्यवस्था गरी विस्थापित भएका परिवारहरुको पुनस्र्थापना र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्थाका लागि नेपाल सरकारसँग आग्रह गर्दछ, संसदीय दलद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

यस प्राकृतिक प्रकोपमा परी घाईते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवार तथा आफन्तजनहरुप्रति हार्दिक समवेदना प्रकट समेत गरेको छ।

यस विपतको घडीमा नेपाली कांग्रेसका सबै भातृ एवं शुभेच्छुक संस्थाका साथीहरुलाई उद्दार एवं राहत कार्यमा जुटी मानवीय सेवामा समर्पित हुन अपिल समेत संसदीय दलको आग्रह छ ।