आर्थिक

मुक्तिनाथ विकास बैंकद्वारा व्यवसायिक साक्षरता तालिम

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई व्यवसाय सञ्चालनगर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले “आजको आवश्यकता, ग्राहकहरुमा व्यवसायिक साक्षरता”भन्ने मुल आशयले एक दिने व्यवसायिक साक्षरता तालिम काठमाण्डौमा सम्पन्न गरेको छ ।

व्यवसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसायदर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरीकाहरु, बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मुल्यअभिबृद्धि कर, उद्यमशिलता लगायतको विषयबस्तुहरु समावेश गरिएको थियो । उक्त तालिममा बैंकसंग आवद्ध ४२ जना व्यवसायीहरुको सहभागीता रहेको थियो ।

बैंकले आयोजना गरेको यस तालिममा बैंकिङ्ग टे«निङ्ग इन्सीटीच्युट, काठमाण्डौबाट सहजीकरण गरिएको थियो । उपस्थित सहभागीहरुले मुक्तिनाथविकास बैंक लि.लेव्यवसायिक साक्षरता कार्यक्रममार्फत व्यवसायीहरुलाई जुनव्यवसायी चेतना रवित्तीय ज्ञानमा अभिबृद्धि गर्ने प्रयास गरेको छ यो कार्य अत्यन्तै प्रशंसा योग्य रहेको साथैतालिम अति महत्वपुर्ण रहेको धारणाव्यक्त गरेका छन् ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११९ वटा शाखा, २२ वटा एटिएम र छ लाखग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैकिंङ्ग सुविधाकासाथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएम् बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।