आर्थिक

सन्राइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ

काठमाण्डौ । सन्राइज बैंकको संचालक समितिको बैठकले बसेको ३१७ औ बैठकको निर्णयानुसार प्रमुख कार्यकारी अधिकृतमा निरज कुमार श्रेष्ठलाई नियुक्त गरेको छ ।

बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका नारायणचौर, नक्साल, काठमाण्डौं बस्ने निरज कुमार श्रेष्ठलाई आषाढ
२ गते देखि लागू हुने गरी ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको वैकले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुने निरज कुमार श्रेष्ठ तत्कालिन ग्रिण्डलेज बैंकमा सन् १९८९ बाट सेवा प्रारम्भ गर्नु भई करिब १३ बर्षको कार्यानुभव लिनुभएको, एस फाइनान्समा प्रमुख कार्यकारी अधिकृतको रुपमा करिब ३ बर्ष जिम्मेवारी सम्हाल्नु भएको, तत्कालिन एन.आई.सी. बैंकमा करिब ९ बर्ष महाप्रबन्धक पदमा रही कार्य गरेको अनुभव रहेको, ग्लोबल आईएमई बैंकमा नायब प्रमुख कार्यकारी
अधिकृतको रुपमा र सो पश्चात माछापुच्छ्रे बैकमा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सम्हाल्नु भएको कार्यानुभव रहेको छ ।