मनोरञ्जन

सन्तोष लामाको मंसिर बोलको गीत सार्वजनिक ( भिडियो सहित)

काठमाडौं । गायक सन्तोष लामा नयाँ गीत लिएर आएका छन् । मंसिर बोलको उनको गीत शुक्रबार युट्युबबाट सार्वजनिक भएको हो ।

गीतमा एउटा युवाले एउटी युवतीलाई इम्प्रेस गर्न गीत गाउने, नाच गान गाउने अनेक तरिकाहरु अपनाउँछ । तर, ऊ सफल हुँदैन ।
यो गीतमा टिकटकबाट छाएकी अमिता गुरुङ पहिलो पटक म्युजिक भिडियोमा देखिएकी छिन् ।

अमितासँगै सन्तोष लामाले पनि भिडियोमा अभिनय गरेका छन् । भिडियोमा नयाँ डान्स क्रू वाइजर इराको पनि आकर्षक नृत्य समावेश गरिएको छ । गीत एकतारेले लेखेका हुन् । पप जानराको यो गीतमा सुशान्त गौतमले संगीत दिएका छन्, शैलेन्द्रमान प्रधानले संगीत संयोजन गरेका छन् ।

गीतमा साउन्ड इन्जिनियर फिरोज ब्रजाचार्यको कुशल मिक्सिङ पनि छ । गीतको म्युजिक भिडियो स्वयं सन्तोष लामाले नै निर्देशन गरेका हुन् । गीतको कोरियोग्राफी विकास गुरुङ, छायाँकन उत्तम हुमागाईँ, ध्वनी सम्पादन विकास धमालाले गरेका हुन् ।