खेलकुद

तेक्वान्दो टोली हैदराबाद प्रस्थान

काठमाडौँ । मित्र राष्ट्र भारतको हैदरावादमा आयोजना हुने “2nd India Open International Championship WT G – 1 Ranking Tournament” मा सहभागी हुन जाने नेपाली तेक्वान्दो टोलीलाई शुक्रबार सातदोवाटोस्थित तेक्वान्दो एकेडेमीमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक नन्दुकुमार राईले एक कार्यक्रमविच बिदाई गरे ।

जेष्ठ २८ देखि आषाढ १ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीमा टोली नेतामा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण हात पार्दै ईतिहास रच्न सफल ओलम्पियन दीपक बिष्ट रहेका छन् । यस्तै टोली ब्यवस्थापकमा मनीराज बिष्ट, प्रशिक्षकमा दानबहादुर ऐरी रहेका छन् ।

यसैगरि खेलाडीहरुमा नम्रता तुलाधर (–६७ केजी ), कल्पना चौधरी (–४९ केजी), संगिता बस्याल नेपाली (–६२ केजी), अम्बिका प्रसाद घिमिरे (–५४ केजी), भुपेन श्रेष्ठ (–८७ केजी), गोविन्दबहादुर आले (–५८ केजी), निरज देउवा (–६८ केजी) र अनोज पुजारी (+८७ केजी) रहेका छन् ।

खेलाडहरु आज साँझ गोरखपुर तर्फ प्रस्थान गर्ने र शनिबार गोरखपुरबाट हवाईमार्गबाट हैदराबाद प्रस्थान गर्ने टोली नेता दीपक बिष्टले जानकारी गराए । यस्तै सोही च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न अन्तराष्ट्रिय निर्णायकहरु नोर्वु लामा, हिराबहादुर थापा, टिका प्रसाद लिम्बु र मिन न्यौपाने पनि त्यस तर्फ प्रस्थान गर्ने छन् ।