समाचार

संविधान विरोधी लोकसेवा आयोगको भर्ना प्रक्रिया तत्काल स्थगित गर्नुपर्छ- जनार्दन शर्मा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले लोकसेवा आयोगले सात वटा प्रदेशमा कर्मचारीको माग गर्दै सुरु गरेको विज्ञापन तत्काल गर्न माग गरेका छन् । आयोगको विज्ञापन संविधान विरोधी भएको भन्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिलाई तत्काल रोक्न आग्रह रहेका छन् ।

शुक्रबार बसेको संसदीय समितिको बैठकमा बोल्दै सांसद शर्माले भने‘ आयोगले संविधानको मापदण्ड विपरीत काम गरेको छ । यो संविधानमाथि नै प्रहार भयो । संविधान विपरीत काम गर्न कसैलाई पनि छुट हुदैन ।’

संविधान विरोधी कुनै पनि विषयमा समितिले छुट दिन नसक्ने बताउदै उनले आयोगको विज्ञापन र कर्मचारी भर्ना प्रक्रिया स्थगित गर्नु पर्ने बताएका छन् ।