राजनीति

प्रहरी बलात्कारी/भ्रष्टाचारी सरकारको मतियार भयो, नेता भण्डारीलाई नछाडे आन्दोलन: अध्यक्ष बस्नेत

काठमाण्डौ । बुधबार अपरान्ह तरुण दलको कार्यक्रममा व्यस्त भईरहेका बेला नेपाल तरुण दल धादिगंका उपाध्यक्ष राधाकृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेकोप्रति तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले बिनाशर्त रिहाई गर्न चेतावनी दिएका छन् । अध्यक्ष बस्नेतले विज्ञप्ती जारी गर्दै झुटो आरोप लगाई तरुण दलको नेतालाई डाकुको शैलीमा नेपाली काँग्रेस र लोकतन्त्रीप्रति आस्था राखेकै भरमा प्रशासनले प्रक्राउ गरेको प्रति खेद प्रकट गरेका छन् ।

विज्ञप्तीमा नेपाल प्रहरी जनताको रक्षक हुनुपर्नेमा जनतालाई झन दुःख दिनेगरी बलत्कारी र भ्रष्टाचारी सरकारको मतियार बनेको उल्लेख गरेको छ । अध्यक्ष बस्नेतले तरुण दल केन्द्रीय समितिको माग बमोजिम नेता भण्डारीलाई बिना शर्त रिहा नगरे तरुण दल आन्दोलनमा उत्रन बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैं हुने चेतावनी समेत दिएका छन् ।

विज्ञप्तीः