समाचार

कैलाली र कञ्चनपुरमा भीषण हावाहुरीबाट चौधरीको निधन, चार दर्जन भन्दा बढी घाईते

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण एकजनाको निधन भएको छ भने चार दर्जन भन्दा बढी घाईते भएको समाचार छ । बिहीबार साँझ गएको हावाहुरीका कारण कतिपय स्थानमा रुखहरु ढलेका छन्, रुखहरु ढल्दा बाटो समेत अबरुद्ध हुन पुगेको प्रहरी प्रमुख सुदीप गिरीले बताएका छन् ।

हावाहुरीबाट घाईते हुनेको धनगढीका बिभिन्न अस्पतालमा उपचार भईरहेको र केहीको अवस्था ज्यादै दयनिय रहेको बताईएको छ । कैलालीमा २५ जना र कञ्चनपुरमाझण्डै २० जना अनिटीकापुरमा ५ जना घाईते भएका छन् । निधन हुने गोदावरी नगरपालीकाका वीर शहादुर चौधरी रहेको बताईएको छ ।

नेपाल प्रहरी लगायतका सुरक्षकर्मीहरु घाईतेहरुको उपचार, रुख हटाएर यातायात सूचारु गर्ने कार्यमा जुटेका छन् ।