आर्थिक

उकालो लागेको शेयर एकाएक पाँच अङ्कले घटेपछि

काठमाण्डौ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.६९ बिन्दुले घटेर एक हजार २८४.५९ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ बिन्दुले घटेको छ ।

नेप्से परिसूचक मात्रै नभई कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर रु ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल ३.६३, विकास बैंक ३.४६, वित्त १८.५५, अन्य १.५४ र सामूहिक लगानी कोष ०।०५ अङ्कले बढेको छ । यस्तै बैंकिङ ५.६२, व्यापार ५.१५, जलविद्युत् ३.९७, निर्जीवन बीमा ११.३१, उत्पादन १४, लघुवित्त ५.०६ र जीवन बीमा ८५.२४ बिन्दुले ओरालो लागेको छ ।

कारोवारमा आधारमा आज पनि शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु सात करोड ७६ लाख ९७ हजार २८७ मूल्यमा शेयर कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै कैलाश विकास बैंक रु चार करोड २३ लाख आठ हजार ११७, नेपाल बैंक लिमिटेड रु चीन करोड ७० लाख ८० हजार ८२ र प्रभु बैंक रु तीन करोड ३० लाख ४७ हजार ६३३ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ९.६५, गुडबिल फाइनान्स ९.६०, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ९.५२, कर्णाली डेभलपमेन्ट बैंक ९.४० र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले आठ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी ५.१०, सिभिल लघुवित्त वित्तीय संस्था ४.७१, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४.५५, खानीखोला हाइड्रोपावर ४.४७ र विशाल बजार कम्पनीका शेयरधनीले ३.८९ प्रतिशतले गुमाए ।