आर्थिक

“सन्राइज बैंकद्धारा सेनेटरी नैपकिन भेन्डिङ्ग मेसिन वितरण”

काठमाडौं । सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरका बिभिन्न सात बिद्धालयहरुलाई सहयोग स्वरुप सेनेटरी नैपकिन भेन्डिङ्ग मेसिन वितरण गरेको छ।

सामुदायिक सेवा केन्द्रद्धारा लुभुमा आयोजित रजस्वला सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रममा बैंकले उक्त मेसिन हस्तान्तरण गरेको हो ।  उक्त समारोहमा माननीय गृहमंत्री राम बहादुर बादल लगायत उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।