आर्थिक

कामना सेवाकोे ८७ औं शाखा काठमाण्डौको ठमेलमा

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सेवाविस्तारको क्रममा काठमाण्डौ महानगरपालिका वडा नं. २६ स्थित ठमेलमा आज जेष्ठ २३ गते आफ्नो ८७ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा  संचालक चतुराखर अधिकारीले बैंकले दृत गतिमा शाखा तथा कारोबार विस्तार गरेकोमा बैंक हरेक दृष्टिले अब्बल बन्नु पर्ने धारणा राखेका थिए । प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको हाल सम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाको बारेमा प्रकाश पारेका छन् ।

ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा यो सँगै ८७ वटा शाखा तथा ४० वटा ATM मार्फत ग्राहकलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS, Latest Internet Banking and Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षा आफ्ना सेवा थपगर्दै जाने बैंकको योजना रहेको छ ।