आर्थिक

कतार एअरवेज नेपालको सि.एस.आर. कार्यक्रम सम्पत्र

काठमाण्डौ । रमदान र ईदको अवसरमा कतार एयरवेजले कतार च्यारिटीसंगको सहकार्यमा एक सी.एस.आर. (संस्थागत सामाजिक उत्तरदायित्व) कार्यक्रम सम्पत्र गरेको छ। अन्डर प्रिभिलेज्ड चिल्ड्रेन्स एजुकेसन प्रोग्राम नेपाल, प्रयास नेपाल, साङ्ग्रीला अफ्र्यानेज होम, र मैंत्रेय फाउन्डेसन नेपालका एक सय बालबालिकाको लागी यो कार्यक्रम आयोजना गरिएको थियो।

होटल अन्नपूर्णमा भएको यस कार्यक्रमको उदघाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्रीमती थाममाया थापाले गर्नु भएको थियो। यस कार्यक्रममा बालबालिकाको मनोरञ्जनका लागी म्युजीकल चेयर, डोरी तान्ने (टग अफ वार), अनुहारमा चित्र बनाउनुका साथै अन्य थुप्रै खेलहरु खेलाइएका थिए। यस कार्यक्रममा सहभागी हुने सबै बालबालिकाहरुलाई कतार एयरवेज नेपालका प्रमुख श्री मोहम्मद एल इमामद्वारा उपहार वितरण गरिएको थियो ।

ईदको अवसर पारी सी.एस.आर. कार्यक्रमद्वारा बालबालिकाहरुको मनोरञ्जन दिने यो एक प्रयास हो भनी श्री इमामले यस प्रेस विज्ञप्तीद्वारा जानकारी दिए ।

संस्थागत सामाजिक उत्तरदायित्व कतार एयरवेजको अभिन्न अंश हो। यसले भ्ब्ऋ कार्यक्रम पनि गर्दै आएको छ जसमा विभिन्न कारणले अध्ययनबाट वञ्चित बालबालिकालाई पढ्ने – लेख्ने अवसर दिन्छ।एयरवेजले अर्विससंग पनि सहकार्य गर्दछ जस्ले अन्धोपन विरुद्घ आँखा सम्बन्धी विशेषज्ञलाई लिएर विभिन्न १२ वटा मुलुकमा सक्रियताका साथ काम गर्दै आएको छ।