लुम्बिनी

आगलागी पीडितलाई सहयोग

नेपालगञ्ज । बाँके नरैनापुर गाउँपालिका–१ कट्कुइयाँका आगलागी पीडितलाई राहत सामग्री प्रदान गरिएको छ । गाउँपालिकाको समन्वयमा बागेश्वरी असल शासन क्लब (बास) ले आगलागी पीडित १५ घरपरिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आगलागी पीडितलाई प्रतिपरिवारलाई कम्बल एक थान, २५ किलो चामल, खाने तेल, नूनलगायतका सामग्री प्रदान गर्दै आगलागीका घटना हुन नदिन गाउँपालिका क्षेत्रका नागरिकले पूर्ण सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सहयोगी संस्थाहरुलाई धन्यवाद दिँदै अत्यन्त आवश्यक परेको समयमा प्रदान गरिएको थोरै सहयोगले पनि पीडितहरुलाई ठूलो राहत महसुस भएको बताए ।