राजनीति

सार्वजनिक अभिव्यक्तिलाई सच्याउदैँ आत्मालोचना गर्न इटहरिका मेयरलाई नेकपा नेताको आवाह्न

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताले पछिल्लो समय सार्वजनिक अभिव्यक्तिका कारण विवादमा तानिएका इटरिका मेयर द्वारिक चौधरीलाई आफ्नो गल्तीलाई सच्याउदैँ आत्माआलोचना गर्नु पर्ने बताएका छन ।

पत्रकार तथा अन्य व्यक्तिहरुलाई हकारेको र धम्की दिएको भन्दै विभिन्न टिकाटिप्पणी र विवादमा तानिन थालेपछि नेताले सार्वजनिक अभिव्यक्तिलाई सच्याउनु पर्नेमा जोड दिएका छन् ।

नेकपाका नेता तथा प्रदेश नम्बर- ५ का मुख्यामन्त्री शंकर पोखरेलले सामानजिक साञ्जालमार्फत पार्टीको मान्यताका बारेमा मेयर चौधरीका बुझाइहरु पूर्णतः त्रृटीपूर्ण भएको जनाएका छन् । मुख्यामन्त्री पोखरेल जनताको बहुदलीय जनवादबाट दिक्षित कार्यकर्ताले लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासन प्रति प्रतिपद्ध हुनु पर्ने बताएका छन् ।

‘‘द्वारिकजीको आक्रोस पितपत्रकारिता र भ्रष्टाचार विरुद्ध भए पनि अभिव्यक्ति भने अस्वभाविक र गलत छन् । द्वारिकजीको आक्रोस पितपत्रकारिता र भ्रष्टाचार विरुद्ध भए पनि अभिव्यक्ति भने अस्वभाविक र गलत छन् । तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसावले आफ्ना अभिव्यक्तिलाई सच्याउदै आत्मआलोचना गर्नु उचित हुनेछ ।’’