पु.समाचार

इद उलफित्रले सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गरोस्- उपपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले इद उलफित्र पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने विश्वास व्यक्त गरेका छन् ।

इस्लाम समुदायको महान वर्प इद उलफित्रको अवसरमा आज शुभकमना व्यक्त गर्दै उनले यस पर्वले नेपालका सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानमा लाग्न सबैलाई प्रेरणा देओस् भनी कामना गरेका छन् ।

उपराष्ट्रपतिले इद उलफित्रका अवसरमा नेपालका सम्पूर्ण मुस्लिम समुदाय र स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।