समाचार

भूकम्प आउछ भन्दै जनतालदाई त्रसित बनाउने क्षेत्री प्रहरीको फन्दामा

काठमाण्डौ । भूकम्प आउँछ भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले काठमाडौँको गौशालाबाट आज एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार भोजपुरका जरायोटार घर भई काठमाडौँ सिनामङ्गल बस्ने अर्जुनकुमार थापा क्षेत्रीलाई पक्राउ गरिएको हो ।

यही जेठ २९ गतेभित्रमा भूकम्प जान्छ र प्रलय हुन्छ भनेर भविष्यवाणी गर्दै हिँडेकाले नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए । उनले आफूलाई ज्योतिषी हो भन्दै विभिन्न यूट्युब च्यानलमा अन्तरवार्ता दिँदै भूकम्पको भविष्यवाणी गर्दै हिँडेको बताइएको छ ।

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ मा विपद् घटना घट्ने भनेर अफवाह फैलाइ मानिसलाई डर, त्रास देखाउने क्रियाकलाप गरेमा एक लाखसम्म जरिवाना र ६ महिनासम्म कैदको व्यवस्था रहेको छ ।