आर्थिक

गरिमा विकास बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंक बीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकले गरिमा विकास बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिने छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ७६ शाखामार्फत सेवा प्रदान गर्दै आइ रहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण तथा आजिवनलगायतका बीमा योजना ल्याएको छ । आइएमई लाइफइन्स्योरेन्स कम्पनीको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिको समेत जीवनबीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।