अन्तर्राष्ट्रिय

६.१ म्याग्नीच्युडको भूकम्प केन्द्रविन्दु ४ सय ४० किलो मिटर गहिराईमा

टोकियो । जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सूचना जारी गरिएको छैन ।

स्थानीय समयानुसार मङ्गबार अपराह्न १ः४५ मा उक्त भूकम्प गएको थियो । यस भूकम्पपछि धनजनको क्षतिको कुनै समाचार प्राप्त भएको छैन । जापान भूकम्पबाट बारम्बार प्रभावित हुने मुलुक हो । जापानमा सन् २०११ मा आएको ९।० म्याग्निच्युडको भूकम्पपछिको सुनामीमा परी करिब १९ हजारको मृत्यु भएको थियो ।