गण्डकी प्रदेश

समाजमा जातीय भेदभाव–छुवाछुत सबै प्रकारका विभेदको अन्त्य हुनुपर्छ: मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समाजमा जातीय आधारमा गरिने सबै प्रकारका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक र लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गरिनुपर्ने बताए ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०६३ जेठ १८ गतेको निर्णयबाट जेठ २१ गते भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको घोषणा गरेसँगै नेपालका उत्पीडित दलित समुदायले आजको दिनलाई उत्साहका साथ मनाउने गरेका छन् ।