सामाजिक सञ्जाल

नेतृ झाँक्रीको आह्वानः सरकारको चाकरीले मुलुकमा कुनै योगदान नगरी बाढ्ने पदक बहिस्कार गरौं

काठमाण्डौ । नेकपाकी युवा नेतृ रामकुमारी झाँक्रीले सरकारले बाँढेका पदकले कुनै राजनीतिक अर्थ नराख्ने भन्दै बिरोध जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पदकको भाउ कौडीपनि नभएको र राजनीतिकर्मीले सकेदेखी बहिस्कार गर्नुपर्ने विचार व्यक्त गरेकी छन् । साँसद समेत रहेकी झाँक्रीले सरकारले वितरण गर्ने पदकको प्रकृया नै गलत भएको दाबी गर्दै उक्त प्रणाली फजुल खर्च गर्ने वाहना भएको दाबी गरेकी छन् ।

नेतृ झाँक्रीले पदक बाढ्ने तरीका राजतन्त्रको झल्को दिने शैली र भत्ता नक्कल भएकी जिकिर गरेकी छन् । नेपाली काँग््रेसका नेता लक्षमण घिमिरे लगायत केही राजनीतिकर्मीले सरकारले बाढ्ने उक्त पदक नलिने घोषणा गरेका थिए । नेतृ झाँक्रीले पदक बाढ्ने सरकारको प्रकृया गलत भएको र मुलुकको लागि योगदान नै नगरी चाकरीका भरमा पदक दिए पदकको अवमूल्यन भएको भन्ने संकेत गर्दै यसलाई रोक्न आग्रह गरिएको देखिन्छ ।

उनको स्टाटस जस्ताको तस्तैः “तपाईले पदक पाउनु भयो, ब्यक्तिगत हिसावले ठिकै हो भनिदिन्छु तपाईलाई । तर यो पदकको राजनीतिमा कुनै मूल्य र साईनो छैन। कौडीको भाउ पनि छैन । यस्ता पदक राजनीतिकर्मीले बहिष्कार गरेको राम्रो। सरकारको पदक दिने निर्णय नै गलत हो । फजुल खर्च र राजतन्त्र कालिन शैली र भत्ता नक्कल मात्र हो।”