राजनीति

नेता गुरुङले सिँधुली पुगेर दर्जनौँ नेकपाका कार्यकर्ता यसरी काँग्रेसमा भित्र्याए

सिँधुली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता धनराज गुरुङले गरीब जनताले तिरेको करबाट जम्मा भएको राज्यकोषको व्रम्हालुट गर्ने नेताहरुको राजनीतिमा रजगज चलेसम्म जनताले सुखभोग गर्न नपाउने दाबी गरेका छन् । नेता गुरुङले नेपाली काँग्रेस सिंधुलीको रातमाटा स्थीत क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

पार्टीको जनजागरण कार्यक्रम अन्तर्गत देशभर नेकपालगायतका नेता कार्यकर्ता काँग्रेस प्रवेश गराईरहेका बेला कार्यक्रममा नेता गुरुङले नेकपाबाट दर्जनौं कार्यकर्ता नेकामा प्रवेश गराएको बताएका छन्। उनी भन्छन्, ‘गरीब जनताले तिरेको करबाट जम्मा भएको राज्यकोषको व्रम्हालुट गर्ने नेताहरुको राजनीतिमा रजगज चलेसम्म जनताले सुखभोग गर्न पाउँदैनन्।’

नवप्रवेशीहरुले दुईतिहाई मतको कम्युनिष्ट सरकारलाई मतदान गरेर आफूहरु पछुताएको बताएका थिए । नेपाली काँग्रेस प्रवेश गर्नेहरुसँग नेता गुरुगंले तस्विर समेत खिचाएका छन्। काँग्रेसले देशभर एक महिने जागरण अभियान संचालन गरिहेको छ ।