राजनीति

विधानअनुसार पार्टीको संरचना नबन्दा काँग्रेस कार्यकर्तामा निराशाः नेता सिंह

काठमाण्डौ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको मर्म र भावनाअनुसार पार्टीको संरचना नबन्दा कार्यकर्तामा निराशा छाएको बताएका छन् । काङ्ग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीसँग आज आयोजित छलफलमा उनले संविधानअनुसार पार्टीको संरचना नबन्दा धेरै कार्यकर्ता जिम्मेवारविहीन भएको बताए ।

“सङ्घीयतानुसार पार्टीको संरचना नबन्दा पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी बन्न सकेन”, उनले भने । काङ्ग्रेस नेतृत्वमा जारी भएको संविधान प्रभावकारी रुपमा लागू गराउनुपर्ने अवस्थामा काङ्ग्रेस आफैभित्र अल्मलिएको उनको भनाइ थियो ।

पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीलाई विचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन खोजिएकाले कार्यकर्तामा निराशा छाएको बताए । मलुक जटिलतातर्फ अघि बढिरहेकाले काङ्ग्रेसको भूमिका समन्वयकारी हुनुपर्ने उनको भनाइ थियो ।