समाचार

दुईतिहाईको सरकार भन्दैमा संबिधान नमान्नु गलतः नेता पाण्डे

तनहुँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले जनताको दुई तिहाइ मत संविधानअनुसार काम गर्नका लागि भएको बताएका छन् ।

राष्ट्रिय जागरण अभियानको क्रममा काङ्ग्रेस आँबुखैरेनी गाउँ कार्यसमितिले आज आयोजना गरेको कार्यक्रममा उनले संविधानभन्दा बाहिर गएर सरकारले काम गर्न नपाउने बताए । संविधान विपरीत सरकार चल्न खोजे काङ्ग्रेसले आन्दोलन गर्ने उनले बताएयो । “काङ्ग्रेस विधानअनुसार चल्नुपर्छ, विधान दायाँबायाँ गर्न हुँदैन”, पाण्डेले भने ।

कार्यक्रममा काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जितप्रकाश आले, पूर्वसभापति रघुनाथ पौडेल, कोषाध्यक्ष रेशम गुरुङ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापालगायतले राष्ट्रिय जागरण अभियान मतदातालाई सचेत पार्नका लागि थालिएको बताए ।