राजनीति

नेपाललाई रोजगारीको गन्तव्य स्थल बनाईनु पर्दछः डा संग्रौला

काठमाण्डौ । नेपाली काँग्रेसकी साँसद डा डीला संग्रोलाले श्रम क्षेत्रमा देखिएको अव्यवस्था र विकृतिलाई अन्त्य गर्नुपर्ने बताएकी छन् ।

साँसदमा आफ्नो धारणा राख्ने क्रममा साँसद डा संग्रोलाले जस्तो नेपालको एक प्रमुख रोजगार गन्तव्य, मलेसियाको वैदेशिक रोजगारी रोकिए सँगै लाखौं नेपाली युवाहरु रोजगारीको लागि मलेसिया जान बन्चित भएका छन् तर रोजगारी खुलाउने तर्फ सरकारको पहल देखिएन भने नेपालमा पनि नेपाली युवाहरुले रोजगारी पाउने वातावरण सृजना नभएको बताएकी छन् ।

उनले सरकारले पाँचलाखलाई रोजगारी सिर्जना गर्न भनिएको भएपनि नेपालीहरु विदेशिने क्रम नरोकिएको दाबी गरेकी छन् ।