अन्तर्राष्ट्रिय

भारतीय वायुसेनाको विमान चीनको सीमाना नजिकै बेपत्ता, आठ क्रू मेम्बरसहित तेह्र जना सवार

काठमाडौँ । आठ क्रू मेम्बरसहित तेह्र जना यात्री चढेको एयर फोर्स विमान एएन ३२ दिउँसोको १ बजेदेखि सम्पर्कमा आउन सकेको छैन ।

भारतीय वायुसेनाको विमान आसामको झोरहाटबाट अरुणाञ्चलमा रहेको मेचुका उपत्यकाका लागि उडेको थियो । दिउँसोको  १२ः २५ मा बजे उडेको विमान एक बजेतिर सम्पर्कमा आएको थियो । त्यसपछि भने विमान सम्पर्कमा आएको छैन । विमान चीनको सीमानामा हराएको आश‌ंका गरिएको छ ।