आर्थिक

प्रभु बैंकको २ वटा नयाँ शाखा कार्यालय बल्खु र लमहीमा

काठमाडोँ । प्रभु बैंकले आप्mना शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बल्खुस्थित बल्खु शाखा र दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ मा लमही शाखागरी अइतबारेका दिन एकै साथ २ वटा नयाँ शाखा कार्यालयलहरु सञ्चालनमा ल्याएको छ ।

काठमाण्डौ बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले एक समारोहकाविच समुद्घाटन गरेका हुन् । त्यसैगरी दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ स्थित लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर के.सी.ले एक समारोहकाविच समुद्घाटन गरेका हुन् ।

आजैदेखि सञ्चालनमा आएका दुवै शाखा कार्यालयहरु उद्घाटनका क्रममा दुवै प्रमुख अतिथीले उद्घाटन मन्तव्य राख्दै । यस बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकामा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बताए । बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ्ग पहुँचभन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ्ग पँहुचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले यस बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने अवसर नगुमाउन उपस्थित सर्वसाधारणलाई आग्रह समेत गरेका थिए ।

यी शाखासमेत गरी बंैकले हालसम्म १८२ वटा शाखा, १४६ वटा ब्त्ः र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ । आजदेखि सञ्चालनमा आएका बैंकका बल्खु शाखा र लमही शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् भन्ने बैंकले विश्वास लिएको छ ।