राजनीति

ओली सरकारले ल्याएको वितरणमुखी बजेटले देशको विकास हुँदैन- नेता शर्मा

बेझाड । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले हालै सार्वजनिक गरेको बजेट विकासमुखी नभइ वितरणमुखी भएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन पाल्पा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले ७० प्रतिशत बजेट चालु खर्चमा, ३० प्रतिशत बजेट मात्र विकास खर्चमा सरकारले विनियोजन गरेको बताए । “यस्तो बजेटले देशको विकास हुँदैन”, पार्टी प्रवक्ता शर्माले भने।

प्रतिपक्षको भूमिका कमजोर भएकोप्रति लक्षित गर्दै प्रवक्ता शर्माले सडकमा टायर बालेर, नेपाल बन्द हडताल गरेर चक्काजाम गरेर आमनेसामने सत्तापक्ष प्रतिपक्ष भिडन्त नगरी शान्त स्वभावमा लोकतान्त्रिक शैलीमा सरकारको कामका बारेमा जागरण कार्यक्रममार्फत जानकारी गराउँदै आएको बताए ।

‘विप्लव’ समूहले हत्या हिंसाको बाटो छोडेर शान्तिको राजनीतिमा आउनुपर्ने र सरकारले पनि विप्लवलाई निषेधको राजनीति गर्न नहुनेमा उनको जोड रहेको थियो ।