मनोरञ्जन

‘तिम्रो आखाँको नानी भित्र…’ भन्दै आए डा. डीआर उपाध्याय (भिडियो सहित)

काठमाडौं । गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘तिम्रो आखाँको नानी भित्र लुक्न देऊ मलाई…’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको सङ्गीत र सन्तोष लामा अनि बानिका प्रधानको स्वर रहेको गीत ‘तिम्रो आखाँको नानी भित्र…’को भिडियो सार्वजनिक भएको हो ।

शुभाष प्रधानले निर्देशन अनि राज महर्जनको कोरियोग्राफी रहेको गीतको भिडियोमा विनु शाक्य र पुस्कर ढुंगानालाई फिचरिङ गरिएको छ ।  प्रेम लामाले छायाँकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।

डा. डी आर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् । डा. डीआरलाई जेठ पाँच एक विशेष समारोहमा पनि चार ओटा एभरेष्ट वल्र्ड रेकर्डका साथै ‘हिरो २०१९’बाट सम्मान गरिएको छ ।

उनले प्राप्त गरेका चार एभेरष्ट वल्र्ड रकेर्डमा राष्ट्र अनि राष्ट्रियतामा ३५ ओटा शब्द र रा रि रु समावेस भएको गीतमा, नेपाली ३७५ लोकबाजा समावेस भएको गीतको वल्र्ड रेकर्ड, एउटा गीति एल्बम जसमा विभिन्न ८ ताल समावेसको एल्वमको वल्र्ड रेकर्ड र एउटै गीतमा आठ विट समावेस गरी तयार परिएको गीतमा रहेका छन् ।

डी. आर उपाध्यायका प्रणय जखम, माउन्टेन मेलोड, नसालु नजर, जोहो, अन्तराप, प्रतिनाद, सहेली, परिष्कृत, कृति र पृथक जस्ता गीति एल्बम स्रोता÷दर्शकमाझ आएका छन् । त्यस्तै उनका अतिरिक्त, भाग्यचक्र, स्वार्थी, त्यागी, बज्रघात, अपवित्र छायाँ, बिटुली दगाबाज र अधुरो प्रेम जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।