आर्थिक

महालक्ष्मी विकास बैँकको नयाँ शाखा शंखमुलमा

काठमाडौँ । यस महालक्ष्मीविकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य अनुरुपशाखा सञ्जालविस्तार गर्दै आइरहेको छ ।

यसै क्रममा बैंकल जेष्ठ १५ गते ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं ३, झम्सिखेल तथा जेष्ठ १९ गते काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं १०, शंखमुलमा नयाँ शाखा विस्तार गरेको छ ।

उल्लिखत शाखा सञ्चालनमा आए पश्चात् यस बैंकको कुल शाखा संख्या ९५ पुगेको छ । बैंकले आगामी दिनमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता जनाएको छ ।