अन्तर्राष्ट्रिय

विनाशर्त इरानसँग वार्ता गर्न अमेरिका तयार

बेलिन्जोना । इरानसँग ‘कुनै पूर्वशर्त विना कुराकानी गर्न’ वासिङ्टन तयार रहेको आइतबार अमेरिकाले बताएको छ ।

अमेरिकाले इरानका ‘गलत गतिविधि’लाई नियन्त्रण गर्न आवश्यक कदम चाल्ने कुरामा पनि इरानका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जोड दिए ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले स्वीट्जरल्याण्डका विदेश मन्त्री इग्नाजिओ कासिससँगको संयुक्त पत्रकार सम्मेलनमा भने, “हामी ‘कुनै पूर्व शर्तविना’ इरानसँग कुराकानी गर्न तयार छौँ । उनीहरूसँग बसेर छलफल गर्न चाहन्छौँ ।”

“तर उक्त इस्लामिक गणतन्त्रको ‘रिभोलुसनरी फोर्स’ बाट हुने गलत गतिविधिलाई आधारभूतरूपमा नै पराजित गर्नेतर्फ भने अमेरिकी प्रयास जारी रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने छ ।”